पोखरा १८ पुनः मतगणना गर्न उच्च अदालत पोखराकाे आदेश

उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर १८ को पुनः मतगणनाका लागि आदेश दिएको छ।

मंगलबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराम भण्डारीको संयुक्त इजालसले पुनः मतगणनाको आदेश दिएको हो।

उच्च अदालत पोखराको रोहबरमा आगामी वैशाख २० गते पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए। 

साे वडामा नेपाली कांग्रेसका शिवप्रसाद तिम्लिसिना ३ मतान्तरले वडाध्यक्ष निर्वाचित भएका थिए । तिम्लिसिनाले १ हजार ६४२ मत प्राप्त गर्दा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका पुस्कलबहादुर थापाले १ हजार ६४० मत पाएका थिए। 

थापाले निष्पक्ष मतगणना नभएकाले बदर गरी फेरि मतगणना गरिपाउँ भन्दै गएको जेठ १८ गते निवेदन दिएका थिए। खसेकोभन्दा गणनामा ९ मत कम देखिएको उनको दाबी थियो।





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १९:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया