हब इन्टरनेशनलद्वारा रक्तदान कार्यक्रम

काठमाडौंको हात्तीसारस्थित हब इन्टरनेशनल एजुकेसनले आफ्नो प्राङ्गणमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

लायन्स क्लब काठमाडौं अरनिको र लायन्स क्लब अफ काठमाडौं (अनेका) को समन्वयमा हब इन्टरनेशनलले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

रक्तदानमा दुवै लाइन्स क्लबका प्रतिनिधिहरू, समाजका प्रतिष्ठित व्यक्तिहरू, हब इन्टरनेशनल एजुकेसनका कर्मचारी, अध्ययनका लागि विदेश जान तयारी गरिरहेका विद्यार्थीहरू, विभिन्न बैंक तथा कर्पोरेट क्षेत्रका व्यावसायिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।   

विरामीलाई रगतको अभाव नहोस् भन्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको आजको रक्तदान कार्यक्रममा झन्डै ४० जनाले रगत प्रदान गरेका थिए । 

हब इन्टरनेशनल एजुकेसन विगत १७ वर्षदेखि सञ्चालनमा रहेको छ । विदेश गएर अध्ययन गर्न चाहने हजाराैँ विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको हबले अहिले हात्तीसारस्थित आफ्नै नयाँ भवनबाट सेवा दिन प्रारम्भ गरेको छ ।  

हबले अस्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड,आयरल्यान्डलगायतका देशमा अध्ययन गर्न जानको लागि परामर्श दिनुका साथै टोफेल,आइएलटीएस तथा पिटीइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १८:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया