नेपाली नागरिकता लिन ५ लाख खर्च, काठमाडौंबाट पक्राउ परिन् तिब्बतीयन शरणार्थी

नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थी पक्राउ परेका छन् । पक्राउपर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रूपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोवास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेकी उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार निमाल्हामो तिब्बतबाट भारतको विहार, दिल्ली हुँदै आई दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोवास गर्ने गर्दै आएकी थिइन् । उनले क्याम्पमा बसोवास गर्ने व्यक्तिमार्फत कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ ।  

यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिएबापत ५ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

काठमाडौंको विभिन्न ठाउँमा बसोवास गर्ने तिब्बतीयन शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ ।

साथै नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १८:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया