स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना बढ्यो, खोप लगाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले दैनिकरूपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना सङ्क्रमण अहिले दैनिक बढिरहेको छ ।  

शनिबार मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको संख्या ३५६ जना पुगेको छ । काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ । 

यस्तै, काठमाडौंका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा  नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । 

मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोधसमेत गरेको छ ।   





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १२:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया