कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता
फाइल तस्बिर

नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए ।

 आज नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएको थियो । सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।  





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १४:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया