तेस्रोपटक विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्रीको तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने तयारी थालेका छन्। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि शर्माले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

वैशाखको पहिलो साता विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेसँग मिलेर अघि बढ्न छलफल गरिरहेको छ । 

कर्णालीमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कसरतमा कांग्रेस छ। माओवादी र कांग्रेसबीच कसरी अघि बढ्ने विषयमा सहमति भइसकेको छैन।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार २२:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया