छोराको आइपिएल डेब्यूपछि के भन्छन् सचिन ?

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार मुम्बई इण्डियन्समा आबद्ध युवा अलराउन्डर अर्जुन तेन्दुलकरले डेब्यू गरे । महान् क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले कोलकाता नाइट राइडर्सविरुद्ध खेल्दै आइपिएलमा डेब्यू गरेका हुन् ।

डेब्यू खेलमा उनले २ ओभरमा बिनाविकेट १७ रन खर्चिए । ब्याटिङमा भने अर्जुनले मौका पाएनन् । डेब्यूमा पर्याप्त खेल्ने मौका नपाए पनि उनको चर्चा शिखरमा छ । सचिनका छोरा भएकाले पनि अर्जुनको चर्चा बढी भयो । 

योसँगै अब सचिन र अर्जुन आइपिएल खेल्ने पहिलो बाबु–छोरा बनेका छन् । सचिनले पनि मुम्बई इण्डियन्सबाट आइपिएल खेलेका थिए ।

छोराको आइपिएल डेब्यूपछि के भन्छन् सचिन ?

लामो प्रतीक्षापछि छोराले आइपिएल डेब्यू गरेपछि सचिनले अर्जुनलाई बधाई र सन्देश दिएका छन् । खेल सकिएपछि उनले अर्जुनलाई सन्देश दिँदै दुईवटा ट्विट गरे । सुरुमा उनले अर्जुनलाई क्रिकेटबारे सल्लाह दिए ।



‘तिमीले क्रिकेटरको रूपमा आफ्नो यात्रामा अर्को कदम चालेका छौ । बुबाको रूपमा म तिमीलाई माया गर्छु, यस खेलको लागि भावुक छु । मलाई थाहा छ तिमीले खेललाईसम्मान दिनेछौ । साथै, खेलले पनि तिमीलाई उस्तै माया दिनेछ,’ सचिनले लेखेका छन् । 

उनले दोस्रो ट्विटमा अर्जुनलाई बधाई दिँदै लेखेका छन्, ‘तिमीले यहाँसम्म पुग्न निकै मिहिनेत गरेका छौ । म विश्वस्त छु कि तिमीले यसलाई निरन्तरता दिनेछौ । यो सुन्दर यात्राको सुरुवात मात्र हो, शुभकामना ।’ 



अर्जुनले डेब्यू गरेको खेलमा मुम्बईले कोलकातालाई ५ विकेटले हरायो । जारी सिजनमा मुम्बईको यो लगातार दोस्रो जित हो । उसले आफ्नो पाँचौँ खेल मंगलबार सनराइजर्स हैदराबादविरुद्ध खेल्ने तालिका छ ।

  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार ८:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया