प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्‌को बैठक निष्कर्षविहीन

प्रधानन्यायाधीश नियुक्तिको विषयमा सहमति जुटाउन आज बिहान बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भए पनि निर्णय भने नभएको उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  

‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो,’ उनले भने । कानुन मन्त्रीसमेत रहेका खड्काका अनुसार बैठकको अर्को मिति पनि तोकिएको छैन ।  

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।  

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो ।   





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १०:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया