बालकृष्ण, टोपबहादुरलगायतलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएकाे छ । 

पूर्वमन्त्री, सचिवसहितका हाई-प्रोफाइलसहितका अभियुक्तहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधबार अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजसम्ममा अनुसन्धान सकेर प्रतिवेदन दिन ताकेता गरे पनि प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै म्याद थप गर्न माग गरेको थियो ।

प्रहरीले आज प्रतिवेदन नबुझाउने भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थपका लागि प्रस्ताव लगेको थियो ।





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १८:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया