भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम

काठमाडौंमा भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भ्रष्टाचारविरुद्ध युवा अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक विरोध स्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

त्यसक्रममा उनीहरुले घरघरमा गएर भ्रष्टहरुलाई सडकमा ल्याउने चेतावनीसमेत दिएका छन् । भ्रष्टहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरुले भ्रष्टहरुलाई कारबाही गर्न घरघरमै गएर उनीहरुको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

सरकार र राजनीतिक पार्टीहरुकै संलग्नतामा भ्रष्टाचार बढ्दै भन्दै उनीहरुले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण ।’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन ।’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार १५:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया