श्रम विभाग कमजोर हुँदा मन्त्रालयमा भार पर्‍यो : मन्त्री भण्डारी
फाइल फाेटाे

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताए छन् । शुक्रबार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरू पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए । उनले आफैँले बोल्ने वाक्यहरूले आफैँलाई पिरोल्ने गरेको बताए । उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए । 

मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउन सके सबै श्रमिकहरूको लागि राम्रो अवसर हुने बताए । उनले श्रमको ग्लोवलाइजेशनको फाइदा लिन सके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताए ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १२:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया