सिके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

जनमत पार्टीका अध्यक्ष सिके राउतले ​ सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए। उनी पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न गरी भारत पुगेका बेला चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।

सो भेटमा दुई देशबीचको सबन्ध र दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १७:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया