प्रस्तावित प्रधानन्यायाधीश कार्कीद्वारा कार्ययोजना पेस

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ । आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो ।

कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १२:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया