संशोधन नभए बजेट पास हुन दिँदैनौं : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले यस्तो चेतावनी दिएका हुन् । 

बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने उनको भनाइ छ । 

पूर्वाधार विकास समितिले सुझाबसहित बजेट संशोधनको प्रस्ताव लैजान उनले माग गरे । सुझाबसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभए पनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनले औँल्याए । 

एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ जना सांसदको आवश्यकता नपर्ने भनदै उनले निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे । 

सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै राउतले सत्तापक्ष र प्रतिपक्षका संसदहरुलाई आफ्नो अधिकार उपयोग गर्न आग्रह गरे । 



मधेस प्रदेशभन्दा सूदुरपश्चिममा ६ गुणा बढी बजेट विनियोजन भएको भन्दै उनले जनसंख्या वा मानवविकास सूचकांकका आधारमा बजेट निर्धारण गर्ने गरी संशोधन हुनुपर्ने माग गरे । 
 



  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १७:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया