सेनेगलले ब्राजिललाई ४–२ ले हरायो, मानेको दुई गोल

विश्व विजेता ब्राजिलविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सेनेगलले उत्कृष्ट जित निकालेको छ । गएराति पोर्चुगलको लिस्वनमा सम्पन्न खेलमा १–० को अग्रता उल्टाउँदै ब्राजिलविरुद्ध सेनेगलले ४–२ को जित निकालेको हो ।  

सेनेगलको जितमा साडियो मानेले २, हबिब डियालोले एक गोल गरे । सेनेगलले एक गोल भने उपहार प्राप्त गर्‍यो । ब्राजिलका लागि लुकास पाक्वेटा र मार्किन्हसले मात्र गोल गर्न सके ।   

खेलको ११औँ मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राजिलको अग्रता २२औँ मिनेटमा हबिब डियालोले गोल गर्दै तोडियो ।  

५२औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि सेनेगलले २–१ को अग्रता पायो । ५५औँ मिनेटमा साडियो मानेको गोलबाट सेनेगल ३–१ ले अघि बढ्यो ।  

५८औँ मिनेटमा ब्राजिलका मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । तर, इन्जुरी समयमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४–२ को जित दिलाए ।  
 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ७:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया