सृष्टि र जोया ‘मिस एन्ड मिसेस स्टार युनिभर्स नेपाल’ मा सहभागी हुने

दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एन्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट पाँचजना सहभागी हुने भएका छन् । अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरी तीन विधाका लागि पाँचजना सहभागी हुन लागेका हुन् ।

प्रतियोगितामा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगिताको रूपमा सहभागी हुने भएका छन् ।

यस्तै, फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ अवार्डको नोमिनिजका रूपमा सहभागी हुनेछन् ।

यस्तै, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रूपमा कार्यक्रममा सहभागी हुने बताइएको छ ।

२० असार अर्थात् ५ जुलाईमा आयोजना हुने उक्त अवार्डमा उनीहरू ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिको  सहभागिता रहनेछ ।





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १६:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया