बैतडीको श्रीभावरमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।  

यातायात अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका प्रहरीले जनाएको छ । 

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

‘पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्नेक्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन,’ उनले भने । 

पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार ८:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया