प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि रोमानियामा आयोजित एक कार्यक्रममा बियरको बोतल प्रहार भएको छ । आइतबार भएको सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   

भिडियोमा प्रकाशले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ ।  

उनले बोतल आएको नदेख्दा छल्न सकेनन् । बोतल प्रकाशको अनुहारमै लागेको थियो । त्यसलगत्तै उनले मुख छोप्दै गरेको दृश्य भिडियोमा देख्न सकिन्छ । 

आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई नियन्त्रणमा लिएको थियो । 
 





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार १०:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया