झापा उडेको बुद्धको जहाज बीचबाटै काठमाडौं फर्कियो

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै उडेको १५ मिनेटमै फर्काइएको हो ।

जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको जनाइएको छ । यात्रुलाई अर्को जहाजबाट झापा पठाउने तयारी भइरहेको छ । जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ । 





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार १५:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया