ट्र्याक्टरमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

महोत्तरीको माई स्थान समसी सडक खण्डस्थित गौशाला नगरपालिका–४ रजखोर गाउँमा शनिबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गौशालाबाट इलेक्ट्रिक साइकल चढेर पूर्वतर्फ जाँदै गरेका साह सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००१ त १४९३ नं को ट्रयाक्टरको ट्रेलरको पछिल्लो भागमा ठोक्किएको भएको प्रहरीले जनाएको छ । 

टाउकोमा गहिरो चोट लागेका उनलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । 

प्रहरीले  ट्र्याक्टर चालक गौशाला नपा–१ रामनगरका २९ वर्षीय सञ्जयकुमार महरालाई नियन्त्रणमा लिएको छ ।    





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १०:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया