‘गणतन्त्रको संविधानलाई सेनाले सलाम ठोकेर समर्थन गर्‍यो’

नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहोर्‍याउन चाहन्छु । आजको नेपाली सेनाको स्थापना झन्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेल्यो । सन् १८१४मा नेपालमाथि अङ्ग्रेज साम्राज्यवादको एकै चोटी नौ ठाउँबाट आक्रमण भयो । दुई वर्षसम्म लड्यो नेपाली सेना । नेपाली जनताको साथ लिएर लडेको हो । र, हार्न त पर्‍यो । तर नेपाल जिउँदो राखेर, केही भूमि छोडेर नेपाली सेनाले नेपाललाई जोगायो । 

त्यस बेला अंग्रेज साम्राज्यवादसँग कति फौज थियो ? सारा संसार भरी उसको राज्य थियो । उसका उपनिवेशहरू थिए । केही समयपछि उसले सिङ्गो भारतलाई उपनिषद् बनायो उसले । तर नेपाल स्वतन्त्र रह्यो । त्यो स्वतन्त्रताको त्यस बेलाको शासक, प्रशासक जिम्मेवार छन् स्वतन्त्र राख्न निम्ति । तर, मुख्य रूपमा नेपाली सेना हो । त्यो नेपाली सेनाले धेरै धेरै अप्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । र, अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदा खेरी त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौँ भनेर भन्यो । 

यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको अर्को इतिहास छैन । नेपाल हो त्यो इतिहास भएको मुलुक । त्यो सेना, गौरव गाथा बोकेको सेना, त्यो इतिहास पढ्नु पर्छ । दोहोर्‍याएर पढनुस् । म ती साथीहरूलाई अनुरोध गर्छु, जसले सेनाको सङ्ख्या घटाउनु पर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नु पर्छ भन्छ । नेपाली सेनालाई एक लाख राखिदिनुस् । 

अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले गरेर देखाउँछ । र, उसले ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन,विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ । अनेक ठाउँले उसले आफूलाई ऐतिहासिक रूपले श्रेष्ठ साबित गरेको छ । 

पैसा जोगाउनका लागि त धेरै ठाउँहरू छन् । प्रदेश सभाको के काम छ ? संघीय संरचना भएको हुनाले काम छ । संविधानमा छ । त्यसो भएर मैले अन्यथा भन्दिन । तर काम के छ ? कहाँ निर गर्छ त्यसले काम ? त्यसभन्दा तल अर्को तह छ । जुन प्रदेश मातहत छैन । केन्द्रको मातहत छैन । जति केन्द्र र प्रदेशलाई अधिकार छ । त्यति उसको पनि स्वायत्त अधिकार छ । २७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ ? घटाउनुस् यसलाई । २ सयमा झार्नुस् । २ सय ५ जनाको बनाउनुस् । २०३ जनाको बनाउनुस् । अथवा १५०/१५१ जना बनाउनुस् । 



राष्ट्रिय सभाको सदस्य हौँ,भन्न त मिलेन । तर प्रतिनिधिसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जस बेला राजको टाउको काटेर विद्रोहीहरूले बेलायत भरी घुमाएका थिए । र, पछि श्रमिकहरूले विद्रोह गर्न सुरु गरेपछि श्रमजीवीहरूको विरुद्धमा त्यहाँका जमिनदार र पुँजीपतिहरू मिलेर एउटै छुट्टै हाउस बनाइयो, त्यसलाई हाउस अफ लर्ड भनियो ।

लर्ड भनेको भगवान् मात्रै होइन, त्यस बेलाको जमिनदार र सामन्तहरू पनि हो । हामीले त्यसैको नक्कल गरेर आज यहाँ छौँ । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । त्यसो भएर नक्कल धेरै क्षेत्रमा भएको छ । संसदीय क्षेत्रमा नक्कल भएको छ । र, यो संसद र, यो संसद रहँदासम्म नेपाल विकास पनि हुँदैन, अगाडि बढ्न पनि सक्दैन । प्रतिनिधिसभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म अगाडि जान सकिँदैन । 



जसले देश जोगायो, जसले आफ्नो रगतले हरेक माटो चाहिँ रातो बनाएको छ । त्यसलाई घटाउनु पर्छ भन्ने ठाउँमा छलफल गर्ने र देश विकास गर्ने सम्बन्धमा कुनै काम नगर्ने त्यस्तो हामीले गर्‍यौँ भने हामीले श्राप भोग्नेछौँ । 

(राष्ट्रिय सभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री गौतमले बिहीबार राष्ट्रिय सभामा दिएको मन्तव्य )
 

  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १५:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया