बेलायतमा नेपाली नर्स लैजानका लागि आवेदन खुला

नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौताअनुसार बेलायतमा नर्स पठाउनका लागि आवेदन खुला गरिएको छ । सुरुवाती चरणमा १०० जना नर्सलाई बेलायत लैजाने गरी दुई सरकारबीच जी टू जी सम्झौता भएको छ।

आवेदन  फारम जुलाई (आज)देखि अक्टुबर १९ सम्म भर्न सकिने छ। छानिएका नर्सहरुलाई बेलायत जान पैसा लाग्ने छैन। नेपाल सरकारबाट सम्बन्धन प्राप्त संस्थाबाट स्टाफ नर्स, स्नातक र स्नातकोत्तर पास गरेका नर्सले आवेदन दिन सक्नेछन्।

कम्तीमा २ वर्ष (हालै) दर्तावाल हस्पिटलमा काम गरेको अनुभव भएको हुनुपर्छ । २०१९ भन्दा अगाडिको अनुभव भएकाहरूले आवेदन दिन सक्ने छैनन्।

भाषा परीक्षा (आइएलटिएसमा) कम्तीमा सात स्कोर र लिखितमा कम्तिमा ६।५ ल्याएको हुनुपर्छ । ओइटी गरेको हकमा भने रिडिङ, लिस्निङ र राइटिङमा ग्रेड बी आएको हुनुपर्नेछ।





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १८:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया