सत्ता साझेदारसँग कुरा नमिल्दा लातभियाका प्रधानमन्त्रीले दिए राजीनामा

लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् ।

उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाएका छन् ।

नयाँ सरकारको आवश्यकता रहेको बताउँदै करिन्सले पत्रकार सम्मेलनमा राष्ट्रपति एडगर्स रिन्केभिक्सलाई आफ्नो राजीनामा बिहीबार बुझाउने उल्लेख गरेका छन् । साथै उनले आफूले प्रधानमन्त्रीको रूपमा पुनः नियुक्ति नचाहेको बताएका छन् ।

गत हप्ता उनले दुई विपक्षी दलहरू केन्द्र–वाम प्रगतिशील र केन्द्रवादी ग्रीन्स एन्ड फार्मर्ससँग नयाँ मन्त्रिपरिषद् गठनका लागि परामर्श सुरु गर्ने घोषणा गरेपछि यो कदम आएको हो । 

पूर्व अर्थमन्त्रीसमेत रहेका उनी गठबन्धन निर्माण गरी पाँच–दलीय गठबन्धनको नेतृत्व गर्ने एक साझा उम्मेदवारको रूपमा देशको प्रधानमन्त्री बनेका थिए । 

गत वर्षको संसदीय निर्वाचनमा न्यू युनिटीले जीत हासिल गरेपछि करिन्सले झिनो बहुमतका साथ तीन दलको सरकार बनाउन सफल भएका हुन् ।  





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार ६:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया