बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, प्रतिघण्टा ८० रुपैयाँ कायम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको छ। बढेपछि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गरी सो जानकारी गराएको हो । बढेको तलब साउन १ गतेदेखि नै लागु हुने जानकारी दिएको छ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम आधारभूत पारिश्रमिक १० हजार ८२०  छ। महँगी भत्तासहित १७ हजार पुगेको जनाइएको छ। 

यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो। दैनिक पारिश्रमिक ६६८ रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ।

आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको राजपत्रमा उल्लेख छ। 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २१:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया