आतंकवादीको खतरालाई औंल्याउँदै स्वीडेनले बढायो सुरक्षा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आतंकवादीहरूको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ । स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीबार आतंकवादीहरूको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो । 

स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए । यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । 

स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरूले त्यसको आलोचना गर्दै आएका छन् । सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौती बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा शतर्कता बढाएको थियो ।
 





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार ११:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया