संसदको अवरोध हटाउन सभामुख र राष्ट्रियसभा अध्यक्षको भूमिका कमजाेर : वामदेव गौतम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताएका छन् । उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताए । 

गौतमले संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भए पनि सरकारले गरेन भन्ने गरिएको बताए । उनले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद् अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्नसमेत गरे ।

‘अवरोध भइरहेको छ संसद तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ । प्रतिनिधि सभामा सभामुखको हुन्छ । मैले त्यो अवरोध हटाउनको निम्ति भूमिका खेलेको जस्तो महसुस गर्न सकिन । यद्यपि मैले थाहा नपाएर पनि त्यो हुनसक्छ,’ मंगलबारको राष्ट्रियसभा बैठकमा गौतमले भने, ‘यद्यपि सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु । सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन । प्रतिनिधि सभाको निम्ति सभामुख हो । तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो । हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरूलाई दिन चाहन्छौँ ?’ 
 
उनले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्न मागसमेत गरे । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार ७:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया