गायक स्व.जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । 

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

सरकारी प्रवक्तासमेत रहेकी उनले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताइन् । 

धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको उनले सुनाइन् । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार २१:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया