ओलीको दाबी : कोशीमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दामाथि सिट ल्याएर  सरकार चलाउँछ भन्दै जवाफ दिएका हुन् ।  

‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । मजाले चलाउँछ, एमालेको ४७ होइन ५० भन्दामाथि जान्छ,’ उनले भने । ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए । 

‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो । पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लंघन हो यो,’ ओलीले भने ।

कुनै बेला हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको पनि उनले बताए ।  
 






  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १६:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया