बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारसको घोषणा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । केही दिनअघि मात्र पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत चयन भएका थिए ।  

योसँगै क्यानको केन्द्रीय नेतृत्वमा पुग्ने पारसको बाटो खुला भएको थियो । पारसले यही चुनावमै क्यानमा आउने लक्ष्यका साथ दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।   





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १८:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया