सिके राउतकाे गुनासाे : कमजोरी पत्ता लगाउला भन्ने डरले निजामती ऐन पढ्न नै दिएनन्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शिक्षा ऐनका प्रावधानबिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षानीति र अबको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा राउतले ऐन बनाउने बेला मन्त्रीलाई पनि थाह नदिइ र संसदमा वृहत् छलफलसमेत नगरी पारित गर्ने गरेको बताए । 

‘शिक्षा ऐनमा आएका जुन प्रावधानहरू छन् । मबाट पनि केही आशा होला । तर, सांसदको काम नियम बनाउने र ऐन पारित गर्ने होला भनिन्छ । तर, ऐन लेख्ने एउटा कर्मचारी हुन्छ जुन मन्त्रीलाई पनि थाहा हुँदैन संसदमा आइसक्या हुन्छ  त्यसरी पारित भएको हो । छलफल गरेर पारित गर्ने कार्य नै हुँदैन,’ राउतले गुनासो पोखे ।

निजामती ऐन पनि कमजोरी पत्ता लगाउला भन्ने डरले पढ्न नदिएको भन्दै उनले अगाडि थपे, ‘निजामती ऐन पनि आउँदैछ  सचिवले पढ्न दिँदैन, कमजोरी पत्तालगाउँला भनेर सचिवले आफूलाई कसरी राम्रो हुन्छ त्यसरी बनाएको हुन्छ ।’ 

राउतले विद्यार्थीलाई सैद्धान्तिक कुराभन्दा पनि व्यवहारिक कुरामा लाग्न आग्रह गरे  ।  





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २२:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया