भारतीय कोच र खेलाडीले नेपाली क्रिकेटरलाई पहिर्‍याइदिए अवार्ड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक र खेलाडीले नेपाली क्रिकेटरलाई अवार्ड प्रदान गरेका छन् । भारतीय टिमका मुख्य प्रशिक्षक राहुल द्रविड​, पूर्वकप्तान विराट कोहली र वर्तमान उपकप्तान हार्दिक पाण्ड्याले एसिया कपअन्तर्गत नेपाल–भारतबीचको खेलपछि नेपाली क्रिकेटरलाई ह्याप्पी ड्रेसिङ रुमको अवार्ड प्रदान गरेका हुन् ।    

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतविरुद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन प्रदान गर्न भारतीय खेलाडी र प्रशिक्षकलाई नेपालको ड्रेसिङ रुममा बोलाएका थिए । 

क्रिकेट संघले सार्वजनिक गरेको भिडियोमा सोमपाल कामीलाई हार्दिक पाण्ड्या, आसिफ शेखलाई विराट कोहली र राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको देखिन्छ ।  

नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि देसाईले ‘ह्याप्पी ड्रेसिङ रुम’ का कार्यक्रम गर्दै आएका छन् । जसअन्तर्गत उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन् । जसको भिडियोहरू क्यानको युट्यब र पेजमा हेर्न सकिन्छ ।
 





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार १२:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया