अवकाशपछि पनि विकट वस्तीमा विरामी जाँच्दै गोविन्द केसी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् । कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् ।

महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा. केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरूको भीड लागेको छ ।  

दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा. केसीले पहिलो दिन १ सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवं नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए । हाडजोर्नीका बिरामीलाई जाँच गरिरहेका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकहरूले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ । 

‘डा. केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरूको सङ्ख्या निकै बढेको छ,’ उनले भने, ‘हामीसित भएको निःशुल्क औषधि पनि जाँचपछि दिइरहेका छौँ, पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रियासमेत यहाँ हुन थालेका छन् ।’

दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ । 





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार १४:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया