कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्चको परमादेशमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। 

गत पुस २४ मा पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएर असार १५ मा पदमुक्त बनेका कार्की आज दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् । अब ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ । 

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्।

तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका छन्। यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरू सबैले शपथ लिसकेका छन्।





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार २०:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया