सिके राउत भन्छन्- गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले प्रधानमन्त्रीले बोलाएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् ।  

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

राउतले गरिबी निवारमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताए । उनले म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएकाले उद्योगको मोडलमा चीनले नेपालमा उद्योग खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न अनुरोध गरेको बताए । 

‘गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ ? त्यसको बारेमा सहकार्य गर्न सुझाव दिएँ । म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरूको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ,’ राउतले भने, ‘स्थानीयरूपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरू स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।’ 

चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनउने बारेमा चीनसँग सहकार्य गर्न अनुरोध गरेको राउतले बताए ।  





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १३:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया