नेपालमा राष्ट्रद्रोहीको बाहुल्यता छ : चन्द्र भण्डारी
‘युवाहरूलाई नेपालमा नबस भनेको हो ?’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले, नेपालमा राष्ट्रद्रोही जमातको बाहुल्यता रहेकैले समस्या बढेको टिप्पणी गरेका छन् । ‘विद्यालय शिक्षा विधेयक’ विषयक काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमै परीक्षा नगर्ने र नतिजा सार्वजनिक गर्न लामो समय लगाउने परिपाटीको विरोध गर्दै राष्ट्रद्रोहीहरुकै कारण समस्या भएको टिप्पणी गरे । 

उनले भने ‘अमेरिका, युरोप, चीन र भारतको जस्तो हाम्रो पाठ्यक्रम किन बन्दैन ? ३० वर्षअगाडिका नोट ल्याएर पढाएर अहिले २१औँ शताब्दीका युवा बनाउन सकिन्छ ? हामी किन बोल्दैनौ, यो मेरो गुनासो हो ।’ उनले भने, ‘सिटिइभिटीले लिएको परीक्षाको नतिजा निकाल्न १ वर्ष लगाउँछ, त्यो नेपालमा नबस भनेको हो कि होइन ? यस्तो राष्ट्रद्रोहीहरुको जमातको बाहुल्यता छ नेपालमा आज विद्यार्थीहरुले यसको विरोध गर्नुपर्छ कि पर्दैन ?’

अहिलेका नेता र विज्ञहरुको दोहोरो चरित्र हुन गरेको उनको टिप्पणी छ । ‘कलियुगमा राजनीति गर्ने नेता, विद्वान्, समाजका नेता यिनीहरुका दुईवटा मुख हुन्छन् । जनतासँग एउटा कुरा गर्ने र काम अर्को गर्ने हुन्छन् । यो वास्तविकता हो,’ उनले भने । 
 
उनले अब पुरानै शैलीले देशको हित नहुने बताए । ‘नक्सा बनायौँ, दराजमा राख्यौँ, छिमेकी देशलाई दिएनौँ यस्तो कार्यहरु हुन्छ । यस्तो दुईवटा मुख भएका नेताहरुसँग छौँ, हामीले बुझेका छौँ, तर हाम्रो उमेर जान लाग्यो हामीले के गर्ने, परिवर्तन गर्न खोज्यो आफैँलाई फ्याँकदिने हो कि भन्ने डर छ । कति राख्ने पुराना नेताहरुलाई ? उनीहरुलाई सम्मान गर्ने, आदर गर्ने तर अब युवाहरु राजनीतिमा आउनु पर्छ । नेपाललाई अगाडि बढाउने हो भने नत्र धेरै गाह्रो छ यो मेरो लामो अनुभव हो,’ उनले भने ।





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १७:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया