गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन दलहरू गम्भीर हुनुपर्छ : मुख्यमन्त्री कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरू गम्भीर भएर सोच्नु पर्ने  बताएका छन् । 

कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस–२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको संघीयतालाई बलियो बनाउनु पर्ने बताए । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै यसप्रति दलहरू सचेत हुन आग्रह समेत गरे । उनले प्रदेशमा राजनीति स्थिरता कायम राख्नका लागि सरकार निर्माणमा सहमति कायम गर्न दलहरूलाई आव्हान गरेका छन् ।  





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ११:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया