वेस्ट बैंकमा इजरायली आक्रमण : तीन प्यालेस्टाइनीको मृत्यु, ३० जना घाइते

वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । यस्तै, घटनामा ३० जना घाइते भएका छन् ।  

इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो । उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकू को गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको बताए ।

इजरायलीहरू विरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ । इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताए । 

फतह पार्टीसँग सम्बद्ध सशस्त्र संगठन अल अक्शा शहीद बिग्रेडका लडाकू मोहम्मद अबु अल बाहको घरलाई घेरिएको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १०:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया