संविधानमा जनताका हकअधिकार अन्य देशको भन्दा ज्यादा समेटिएको छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् । 
    
आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ४७ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न विपद् सामग्री हस्तान्तरण गर्दै उनले हाम्रो संविधानले मानव अधिकार मौलिकको सुनिश्चितता गर्नाका साथै राज्यको निर्देशित सिद्धान्तमा उल्लेखित कुरा विश्वका अन्य मुलुकको भन्दा ज्यादा रहेको बताए । 
    
आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, राष्ट्रिय एवं प्रदेशको  पहिचान कायम राख्न हामी सबै लाग्नुपर्ने बताए । 
    
हालका दिनमा बढ्दो आत्महत्या गर्नेक्रम रोकथामका लागि सुरक्षा निकायले गर्ने सचेतना कार्यक्रमलाई प्रदेश सरकारले  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मुलुकको सबै प्रकारको सुरक्षा व्यवस्था सुदृढ गर्न  सुरक्षा निकायको भूमिका महत्वपूर्ण भूमिका रहेको बताए ।
    
मुख्यमन्त्री कार्कीले दुई सुरक्षा बलसँग सरकारले समन्वय गरेर जनमैत्री फोर्सका रुपमा विकास गर्ने र मुलुकको सार्वभौमिक सत्तादेखि  लिएर सुदृढ सुरक्षा कायम गरी गरिमा कायम गर्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १३:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया