सर्वोत्कृष्ट फिल्मको घोषणा नगरिएकाे भन्दै उच्च अदालत पाटनमा रिट दायर

राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगरिएकाे भन्दै साे निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।

सर्वोत्कृष्ट चलचित्र पुरस्कार वितरण नगर्नुको कारण माग गर्दै बिहीबार ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको जुम्लाका स्थानीय  मीनराज आचार्यले रिट दायर गरेका हुन्।

गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा सर्वोत्कृष्ट चलचित्रबाहेक अन्य विधामा मात्र पुरस्कृत गरिएको थियो। 

उच्च अदालत पाटनका अनुसार रिटमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाइएको छ भने जुरीको निर्णयको सक्कल प्रति झिकाउन तथा कारण देखाउन भन्दै परमादेशको माग पनि गरिएको छ। उच्च अदालतमा यसमा दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ।

उक्त पुरस्कारका लागि जुरीले ‘प्रकाश’ फिल्मको नाम सिफारिस गरिएको, तर सरकारको हस्तक्षेपमा उक्त विधामा कसैलाई पुरस्कार नै नदिइएको आरोप लागेको छ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया