उपभोग नै नगरेको विद्युतको शुल्क तिर्न बाध्य गराउन हुँदैन : लिङ्देन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङ्देनले उपभोग नै नगरेको विद्युतको शुल्क तिर्नु बाध्य गराउन नहुने बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्ता समस्यालाई प्राथमिकतामा राखेर टुंगो लगाउन आवश्यक भएको बताए ।

‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुल्नै बाँकी छ भनिएको छ । त्यो असुली हुने हो कि होइन त्यो आफ्नो ठाउँमा छ तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रूपमा स्थापित गरिएको छ’ लिङ्देनले भने, ‘सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिरहेको छ । यसको टुङ्गो लगाउन जरुरी छ ।’  





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १७:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया