मेयर र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद र ७० हजार जरिवाना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनयर रामचन्द्र साह भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहलाई शुक्रबार दोषी ठहर गरेको हो ।

गुप्ता र साहलाई ६/६ महिना कैद र ७०/७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

गुप्ता भ्रष्टाचारी ठहर हुने सप्तरीका दोस्रो मेयर हुन् । यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादव भ्रष्टाचार मुद्दाका आशिंकरूपमा आरोप ठहर भएका थिए । नगरप्रमुख गुप्ता १७ फागुन २०७९ देखि निलम्बित छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै गुप्ता निलम्बित भएका थिए । उनी  र इन्जिनियर साहलाई मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।  

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले ३ माघ २०७९ मा इन्जिनियर साहलाई १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।



इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । 



  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार १८:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया