बहुमत नजुट्ने भएपछि कोशी प्रदेशको मुख्यमन्त्रीबाट कार्कीले दिए राजीनामा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मत कार्कीले राजीनामाको घोषणा गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। 

शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुुनः १६८ (५) अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाब लिएर उनले राजीनामा दिएका हुन्।

लगत्तै बसेको प्रदेशसभा बैठकमा उनले प्रदेशप्रमुखसमक्ष राजीनामा बुझाउने प्रतिबद्धता जनाएपछि आजका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । 

सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ ९३० अनुसार कार्की २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार शनिबारका लागि प्रदेशसभा बैठक आह्वान भएको थियो।





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १६:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया