विद्युत् विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोग हुने गरी आएको छ : सांसद पुन
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयोग गर्ने गरी विद्युत् विधेयक आएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले जलस्रोतलाई बहुपक्षीय र बहु उद्देश्य रूपमा उपयोग गर्ने गरी विद्युत् विधेयक २०८० आएको बताएका हुन् । उनले विधेयकमा दिगो ढंगले ऊर्जाको आपूर्ति गर्ने कुरा उल्लेख भएको बताए । 

त्यस्तै, प्राकृतिक स्रोत, साधनको संरक्षण, संवर्द्धन र उपयोग गर्ने कुरा पनि विधेयकमा उल्लेख भएको उनको भनाई छ । उनले संघीय इकाईहरूको बीचमा विद्युत् उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरू बाँडफाँट गर्ने कुराहरू उल्लेख भएको पनि उनले बताए ।

उनले भने, ‘हाम्रो प्राकृतिक स्रोतमध्ये सबभन्दा बढी उपलब्ध भएको कुरा जलस्रोत नै हो । जलस्रोतको बहुपक्षीय उपयोग कसरी गर्ने? बहुउद्देश्यीय उपयोग कसरी गर्ने ? त्यो कुरा नै मुख्य कुरा हो । जलस्रोतलाई बहुउद्देश्यीय रूपमा उपयोग गर्ने यसमा एक खालको प्रस्थान बिन्दु गर्न खोजेको छ विद्युत् क्षेत्रमा । एकातिर भरपर्दो, दिगो ढंगले ऊर्जालाई आपूर्ति गर्ने ढंगले कुरा गरेको छ । अर्कोतिर प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने कुरा गरेको छ । साथसाथै संघीय इकाईहरूको बीचमा विद्युत् उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरू बाँडफाँट गर्ने कुराहरू गरेको छ । साथसाथै प्रतिस्पर्धात्मक ढंगले जान्छ ।’





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १७:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया