आर्सनलसँग हार्‍यो म्यानचेस्टर सिटी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस​ प्रिमियर लिगमा आर्सनलसँग १–० ले पराजित भएको छ । दुवै टोलीले अङ्क बाँड्ने तयारी गरिरहँदा ८६ औँ मिनेटमा ग्याब्रियल मार्टिनेली निर्णायक गोल गर्दै आर्सनललाई जित दिलाए ।  

चोटबाट मुक्त हुँदै सब्सटिट्युटका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीको प्रहार नाथान आकेलाई लाग्दै जाली चुमेको थियो । 

लिगमा सिटीविरुद्ध आर्सनलले सन् २०१५ को डिसेम्बरपछि पहिलोपटक जित हासिल गरेको हो ।

यो जितसँगै आर्सनलले शीर्ष स्थानमा टोटनह्याम हटस्पर्ससँग अङ्क बराबरी गरेको छ । दुवैको २० अंक रहेको छ । १८ अंकसहित सिटी तेस्रो छ । 





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार ७:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया