रविलाई हिक्मतको जवाफ : अपराधमाथि उभिएर पानीमाथिको ओभानो बन्ने प्रयास नगर्नुहोला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशमा एमालेसहितको महागठबन्धन नभएको बताएका छन् । एमाले अहिलेको सत्ता गठबन्धन नरहेको भन्दै उनले यसअघिको गठबन्धनसँग सहकार्य पनि नगर्ने स्पष्ट पारेका छन् । 

रास्वपा सभापति रवि लामिछानेको भनाइको प्रतिवाद गर्दै कार्कीले आफ्नो धारणा राखेका हुन् । शनिबार लामिछानेले गत उपनिर्वाचनमा आफूलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ‘महागठबन्धन’ बनेको र सोही महागठबन्धनले आज कोशीमा सार्थकता पाएको बताएका थिए । 

उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिह्नसमेत एउटै हुने गरी  ‘महासहमति’ गर्न आग्रह गरेका थिए । 

‘उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटरचाहिँ किन बेग्लाबेग्लै ?’ भन्दै लामिछानेले व्यंग्यात्मक स्टाटस लेखेका थिए । 

कार्कीले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत नै दिएका हुन् । कोशी प्रदेश सरकार निर्माणमा एमालेको सहकार्य अहिले कांग्रेससँग मात्रै भएको उनले प्रस्ट पारेका छन् । रास्वपा सभापति लामिछानेलाई ‘स्वघोषित सेलेब्रिटी’को संज्ञा दिँदै उनले ‘ओभर स्मार्ट बनेर जनपक्षीय शक्ति एमालेलाई अन्डरस्टिमेट गर्ने दुस्साहस नगर्न’ चेतावनी दिएका छन् । 



‘तपाईंहरुजस्ता धेरै कलाकार एमालेले देख्ने, भोग्ने र बेहोर्ने कामसमेत गरिसकेको छ,’ उनले लेखेका छन्, ‘त्यसैले आफूलाई अपराधमाथि उभिएर पानी माथिको ओभानो बन्ने प्रयास नगर्नुहुन सादर अनुरोध छ।’



  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार २३:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया