२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन् । १६ वर्षीय किशोर पनि अर्काे ट्रकमा काम गर्ने हुन् ।

उनीहरू तीनैजनाले मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

सिटी सफारीमा यात्रा गरिरहेकी युवतीलाई ट्रक पार्किङ गरेको स्थानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
 





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १५:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया