विश्वकपमा कोहलीको अर्को विराट पारी, भारतको लगातार पाँचौं जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित हात पार्नेक्रममा भारतले गएराति सम्पन्न खेलमा न्यूजिल्याण्डलाई ४ विकेटले हरायो । 

आफ्नो पाँचौं खेलमा न्यूजिल्याण्डले दिएको २ सय ७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि विराट कोहलीले उत्कृष्ट इनिङ खेले । १०४ बलको सामना गरेका कोहलीले ८ चौका र २ छक्कासहित ९५ रन बनाए । 

उनले अघिल्लो खेलमा शतकीय इनिङ खेलेका थिए । यस्तै, कप्तान रोहित शर्माले ४६, रवीन्द्र जडेजाले अविजित ३९, श्रेयस अय्यरले ३३, केएल राहुलले २७ र शुभमन गिलले २६ रनको योगदान दिए ।  

न्यूजिल्याण्डका लागि लकी फर्गुसनले दुई, मिचेल सान्टनर, म्याट हेनरी र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड निर्धारित ५० ओभरमा अलआउट भयो । 

उसका लागि डारियल मिचेलले शतकीय इनिङ खेले । १२७ बलको सामना गरेका उनले ९ चौका र ५ छक्काको मद्दतमा १३० रन बनाए । एकदिवसीयमा मिचेलको यो पाँचौं शतक हो ।



यस्तै, रचिन रवीन्द्रले ७५, ग्लेन फिलिप्सले २३ र विल योङले २३ रन जोडे ।  



भारतका लागि मोहम्मद शामीले पाँच, कुलदीप यादवले दुसई, जसप्रित बमुराह र मोहम्मद सिराजले एक/एक विकेट लिए । यो जितसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १० अंक जोडिसकेको छ । न्यूजिल्याण्ड दोस्रो स्थानमा झरेको  छ । उसको ५ खेलबाट ८ अंक छ । 

  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ७:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया