१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्किए

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

करिब १२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् ।

दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका ४ हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् ।

त्यस्तै, २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै, सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको सङ्ख्या ठूलो छ ।

पछिल्लो एक वर्षमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट २ लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ७:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया