सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्विडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । 

क्वालालम्पुर, काठमाडौं, यांगुन र वासिङ्टन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा उनले काम गरिसकेका छन् । 

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार १७:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया