म्यानचेस्टर डर्बीमा सिटीको सहज जित, हालान्डको दुई गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

म्यानचेस्टर डर्बीमा सिटीले सानदार जित दर्ता गरेको छ । गएराति इङ्लिस प्रिमियर लिगअन्तर्गत युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सिटीले खेल ३–० को जित दर्ता गरेको हो ।

सिटीको जितमा हालान्डले दुई गोल गर्नुको साथै एक असिस्ट प्रदान गरे । अर्काे गोल फिल फोडेनको नाममा रह्यो । 

खेलको २६ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । बर्नान्डो सिल्भाले मिलाएको पासमा हालान्डले ४९औँ मिनेटमा दोस्रो गोल गरे । 

हालान्डकै पासमा ८०औँ मिनेटमा फोडेनले तेस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाए । 

यो जितपछि सिटी तेस्रो स्थानमा छ । १० खेलबाट समान २४ अंक रहेपछि सिटी आर्सनलभन्दा तल छ । समान खेलबाट २६ अंकसहित टोटनहम शीर्ष स्थानमा छ । १५ अंकसहित युनाइटेड आठौँ स्थानमा छ ।  



गएराति नै भएको खेलमा लिभरपुलले नटिंघम फरेष्टलाई ३–० तथा एभर्टनले वेष्ट हमलाई १–० हराए । यस्तै, एस्टन भिल्लाले लुटन टावनलाई ३–१ हराउँदा ब्राइटन र फुलहमले १–१ गोलको बराबरी खेले । 



  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ७:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया